• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

    373
    SHARES

    बुटवल । देशभर कोरोना संक्रमण फैलिदै गइरहेका बेला सत्तारुढ पार्टीका नेता तथा कार्यकर्ताका साथै मन्त्री र सांसदमा कोरोना संक्रमण पुष्टि हुन् थालेको छ । यसै क्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् । कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ थियो ।

    पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको थियो ।

    मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

    यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् ।

    यसअघि विहीबार (हिजो) काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ