• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा हालसम्मकै बढी ४३६४ जनामा कोरोना संक्रमण पुष्टि

    253
    SHARES

    काठमाडौं । नेपालमा बिहिबार अहिलेसम्मकै बढी थप ४,३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त

    नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

    मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा एक महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १-१ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया