• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    पोखरामा कोरोनाबाट ८३ वर्षीय वृद्धको मृत्यु

    229
    SHARES

    कास्की । पोखरामा कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा–१६ मा बस्ने उनको बिहीबार बिहान गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)को आइसोलेसनमा मृत्यु भएको हो।

    अस्पतालले उनी अन्य रोगबाट पनि पीडित भएको जनाएको छ। उनलाई असोज ३ गते कोरानो संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा लगिएको थियो। योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

    यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । बिहिबार पनि देशका विभिन्न अस्पतालमा कोरोनाका कारण ज्यान गुनाउनेको संख्या बढ्दो छ । यस्तै कोरोना संक्रमणको दर पनि अघिल्ला दिनहरु भन्दा बढिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ