• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights प्रदेश १

    बिराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

    325
    SHARES

    सुनसरी । मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । सहप्रवक्ता श्रेष्ठका अनुसार स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ । यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि आजैदेखि एक सातासम्म धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द भएका छन् ।

    सर्वपक्षीय तथा सर्वदलिय बैठकमा कोरोना संक्रमण फैलनबाट रोक्न लकडाउन गर्ने कि अरु उपाय गर्ने भन्ने विषयमा वृहत छलफल हुदा लकडाउन नगरि उपमहानगरपालिका मातहतका कार्यालयहरु मात्र असोज २८ गतेसम्म बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवाडाले बताए ।

    यस्तै कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । उनका अनुसार वृद्धलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेका थिए ।

    सोमबार बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार उनको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ