• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि

    406
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

    काठमाडौंका ४ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ। काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् यस्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १/१ महिलाको मृत्यु भएको छ ।

    यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १/१ जना पुरुषको मृत्यु भएको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

    यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ थियो । पछिल्लो २४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको थियो ।

    त्यस्तै सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड-१९ को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।

    स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

    दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ