• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update प्रदेश प्रदेश ५ समाचार

    उपचार गर्दैगर्दै २ कोरोना संक्रमितको मृत्यु

    347
    SHARES

    काठमाडौँ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

    गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।

    बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए । गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

    चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एक/एक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।

    भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ । माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ