• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अस्पतालबाट डिस्चार्ज भएपछि ट्रम्पले दिए यस्तो प्रतिक्रिया

    424
    SHARES

    काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।

    उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’ कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए । उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४२१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ३२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ४१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म थप ४१ हजार ५७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या ७६ लाख ७९ हजार ६४४ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ४८ लाख ९५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ६९ हजार ५३४ जनामध्ये १४ हजार २८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    त्यस्तै यता विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ। महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।

    विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ । विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ । विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ