• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

    208
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए ।

    उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ।

    यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ ।

    अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ