• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    बल्ल खुल्याे डेढ महिनादेखि ठप्प तातोपानी नाका

    253
    SHARES

    सिन्धुपाल्चोक । डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् ।

    तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो । नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

    ‘तत्काल आयात मात्रै हुनेछ, यहाँबाट दर्जनौं कन्टेनर सामग्री लिन सोमबार खासा जाँदै छन्,’ उनले भने । चिनियाँ पक्ष आइतबार बेलुकी मितेरी पुलमा सामान ‘अनलोड’ गरेर फर्किएको उनले सुनाए । ती सामान लिन ११ वटा कन्टेनर मितेरी पुल पुगेका थिए । भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाइने खत्रीले बताए ।

    नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुइटा टिम तयार राखेको छ । ती सबैको ५ दिनमा परीक्षण गरिनेछ । यसअघि तातोपानी नाकामा कार्यरत चालक र मजदुर गरी ३ जनालाई कोरोना संक्रमण देखिएपछि चौतारास्थित आइसोलेसनमा राखिएको थियो ।

    यसअघि चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको छ । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए । चीनले आइतबार व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

    बुधबार रसुवागढी नाकामा बसेको बैठकमा चिनियाँ पक्षले आइतबारदेखि नेपाली भूमिसम्मै ल्याएर सामान झार्ने तथा मालवाहक सवारी साधनको संख्यालाई पनि क्रमश: वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप आइतबार ५ कन्टेनर चिनियाँ सामान आयात भएको खड्काले बताए । यसअघि ४ कन्टेनर मात्र सामान आयात हुँदै आएको थियो । आइतबार आयात भएका सामानमा रेडिमेड, ओखर र उन रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ