• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    विश्वभर २४ घण्टामा ४ हजार बढी कोरोना संक्रमितको मृत्यु

    266
    SHARES

    काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । वितेको २४ घण्टामा विश्वमा थप ४ हजार १३ जनाले ज्यान गुमाएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।

    यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ ।

    अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २५ हजार ५३ जनाको मृत्यु भएको छ । ५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १६ हजार २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९१ लाख २३ हजार ९७२ पुगेको छ । त्यसमध्ये ५९ लाख २९ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा २ लाख १ हजार ५०४ जनाको मृत्यु भएको छ ।

    १ करोड १० लाख ८५ हजार ९५५ जना संक्रमित भएकोमा ९३ लाख ६९ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ४३२ जनाको मृत्यु भएको छ । ८२ लाख ८६ हजार ८२७ जना संक्रमित भएकोमा ७१ लाख ४० हजार ९४७ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३६ हजार ५६९ जनाको ज्यान गएको छ भने १५ लाख २२ हजार ९२८ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ६० हजार ३९१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३६ जनाको मृत्यु भएको छ । ३१ हजार ५५४ जना संक्रमित भएकोमा २८ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ ।योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३६ हजार १३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ