• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    सरकारले भन्यो- जहाँ छौं, त्यही दशैँ मनाऔं

    855
    SHARES

    काठमाडौं । लकडाउन अन्त्य गरेसँगै पछिल्ला केहि दिनयता ह्वात्तै बढेको कोरोना संक्रमण र नेपालीहरुको महान चाड दशैँ नजिकिदै गर्दा सरकारले अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।

    पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएपनि अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ। आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

    आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन्। दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन्। विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन्।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए ।

    यस्तै नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

    नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै १ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित ५०५ जना महिला र ८६८ जना पुरुष छन् ।

    त्यस्तै भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने २० महिला र १९ पुरुष छन् । ललितपुरमा ७९ महिला र १०८ पुरुषसहित १८७ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ