• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    काठमाडौँ उपत्यकामा मात्रै थपिए १५९९ कोरोना संक्रमित

    606
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकाम आईतबार ठुलो संख्यामा नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोर्रोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले जनाएको छ । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तैबितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिए ।

    यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए । हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ