• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेरि काठमाडाैं उपत्यकामा घट्यो अर्को दर्दनाक घटना, बसभित्रै किशोरीमाथि यसरी भयो सामुहिक बला-त्कार

    1K
    SHARES

    काठमाडाैं । लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बला-त्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए। उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बला-त्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

    ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्। ‘उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बला-त्कार गरेको भनेकी छन्,’ प्रहरी स्रोतले भन्यो,’हामीले बसका दुई स्टाफलाई नियन्त्रणमा लिएका छौं।’

    घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्। यस्तै साइबर अपराध तथा ठगी गरेको आरोपमा प्रहरीले इलामबाट एक जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुम्लाका २४ वर्षीय पसल रोकायालाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइदैँ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले सेतोपाटीलाई जानकारी दिए।

    उनीविरूद्ध अहिले परिसरमा मात्रै विद्युतीय ऐन तथा ठगी सम्बन्धी ४-५ वटा निवेदन परेको प्रहरीले जनाएको छ। ‘अहिले उनीविरूद्ध ४-५ वटा मुद्दा परेको छ। साइबर अपराधसम्बन्धी अरू पनि मुद्दाहरु छन् हामी खोज्दैछौं,’ उनले भने।

    कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने, भिडिओ बनाउने, ठगी गर्ने गरेको पनि आरोप छ। उनलाई काठमाडौं ल्याइसकेपछि विस्तृत विवरण आउने प्रहरीले बताएको छ। उनी यसअगाडि पनि प्रहरी नियन्त्रणमा परेका थिए। एक लाख धरौटी तिरेर त्यसबेला छुटेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ