• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    काठमाडौँ उपत्यकामा मात्रै थपिए ११७७ जना नयाँ कोरोना संक्रमित

    487
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यकामा शनिवार थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो।

    त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

    देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

    झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८/८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४/४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २/२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

    भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कडा रोग लागेर र कोरोना संक्रममितहरुको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ