• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update

    कोरोना संक्रमणबाट थप २ जना महिलाको मृत्यु

    390
    SHARES

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।

    बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो । आजै बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

    उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ