• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    एकै दिन ३३०७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ६० हजार नाघ्यो

    260
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार अब कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    यस्तै सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ। कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो।

    मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि भनेका छन्।

    पत्रकार सम्मेलनमा उनले भने, ‘ठूला चाडबाड आउँदैछन्। हामी गाउँगाउँ जाँदै छौँ । एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ। जेष्ठ नागरिकसँग कोरोना सँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ। त्यसैले दशैँ अर्को पटक पनि आउँछ। बा आमा कहिल्यै आउनुहुन्‍न।’

    उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन्। उनले भने, ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ। जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ। अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ