• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    काेराेना भाइरसको महामारीले असमानताको जोखिमलाई बढायाे- राष्ट्रपति भण्डारी

    297
    SHARES

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरसको महामारीले असमानताको जोखिमलाई बढाएको बताए । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उनले काेराेनाको महामारीलाई प्रगतिको बाधक बन्न दिननहुनेमा उनको जोड छ ।

    उनले समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको समेत बताए । राष्ट्रपति भण्डारीले समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गरे

    बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको पनि उनको भनाइ छ । विभेदका अवशेषहरु निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्रमा अन्तर्निहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको बताए ।

    यता रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैबीच बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

    कोटहीमाई गाउँपालिका वडा नंं. ८ का ४२ वर्षीय पुरुषको बुधबार साँझ ६ बजे बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो । कोरोना परीक्षणका लागि बुधबार नै स्वाब लिइएकोमा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनमा श्वास प्रश्वास र उच्च ज्वरोको समस्या थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ