• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आजबाट दशैं-तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, अनलाइनबाट पनि किन्न सकिने

    423
    SHARES

    काठमाडौँ । सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । समान अनलाइन अर्डरमार्फत पनि  किन्न सकिने  छ ।

    काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।

    एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।

    त्यस्तै च्यांग्र्रा र खसी-बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।

    त्यस्तै वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी एकसाता अघिबाट बजार अनुगमन गरिरहेको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मुल्य लिने, म्याद गुज्रिएको अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन झण्डै १ महिना बाँकी हुँदै अनुगमन सुरु गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

    ‘विभागको टोलीले हाल खाद्यन्न, इन्धन, लत्ताकपडा, उिने पानी, तरकारी, माछामासु, फलफुल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेको छ’ सुवेदीले भने, ‘खासगरी काठमाडौँको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा टोली परिचालन गरेका छौं ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ