• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा असोज २९ गतेदेखि स्कूल र कलेज खोल्ने निर्णय

    663
    SHARES

    काठमाडाैं । भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् । लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

    तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ । भारतीय संचार माध्यमका अनुसार १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो ।

    केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ । असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ ।

    तर सरकारले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ।  सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ । यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको क्षेत्रमा भने कार्तिक १५ गतेसम्म कडा लकडाउन लागु हुनेछ।

    यस्तै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो । त्यस्तै बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको छ ।

    विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् । वल्डो मिटर्सलेको तथ्यांक अनुसार बिहीबार विहान यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै संक्रमण अमेरिकामा छन् । अमेरिकामा २४ घण्टामा ४० हजार ९२० संक्रमित थपिएका छन् ।

    योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७४ लाख ४७ हजार २७३ छ । २ लाख ११ हजार ७३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा एकैदिन ८६ हजार ७४८ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १० हजार २६७ छ । ९८ हजार ७०८ जनाले ज्यान गुमाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ