• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सञ्चार गृहका पीडित पत्रकार तथा कर्मचारीहरुद्धारा संयुक्त आन्दोलनको घोषणा

    434
    SHARES

    काठमाडाैं । काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिको बैठकले रिले अनसनदेखि राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थालाई जानकारी गराउनेसम्मका आन्दोलन घोषणा घोषणा गरेको हाे ।

    गत असाेज ८ गते नागरिक दैनिककाे सत्याग्रह स्थलमै पत्रकार महासंघका केन्द्रीय सदस्य एवं श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजक जन्मदेव जैसीकाे उपस्थितिमा पीडक सञ्चारगृहका सबै श्रमजीवीहरुकाे भेलाले संयुक्त संघर्ष समिति गठन गरेकाे थियाे । घोषित कार्यक्रम अन्तर्गत असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजन मा एक घण्टा घेराउ कार्यक्रम तय भएको छ ।

    असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिए ।

    त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ । कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्ण लगायतका संचारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णय समेत भएको संयोजक कर्णले जानकारी दिए ।

    संचारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

    सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरु, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चार सम्बद्ध संघ संगठनहरु, ट्रेड युनियनहरु तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था तथा सम्बन्धित निकायहरुमा जानकारी गराइ समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिए । संयाेजकका अनुसार पत्रकार महासंघकाे अभिभावकत्वमा आन्दाेलनलाई प्रभावकारी बनाउन अध्यक्ष गाेविन्द आचार्य, महासंघकै केन्द्रीय सदस्य जैसीगायतसँग संघर्ष समितिले समन्वय गरिरहेकाे छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ