• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता एकाएक स्थगित

    617
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार ) हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न बुधबार पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता हुने भनिएको थियो । तर, बुधबार एकाएक भेटवार्ता स्थगित गरिएको हो ।

    मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न बुधबार पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता हुने भनिएको थियो । तर, बुधबार एकाएक भेटवार्ता स्थगित गरिएको हो ।

    मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक नियुक्तिका विषयमा बिहीबारदेखि नै ओली र प्रचण्ड दैनिकजसो छलफलमा छन् । मंगलबार भएको छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गर्ने गरी दुई नेताको भेटवार्ता सकिएको थियो ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीचकै सहमतिमा बुधबारको भेटवार्ता स्थगित भएको बताए । फेरि पनि आवश्यकताअनुसार दुई नेताबीच भेटवार्ता हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने अध्यक्ष प्रचण्डको आग्रहअनुसार नै बुधबारको भेटवार्ता स्थगित गरिएको जानकारी दिए ।

    यसअघि लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आआफ्ना अडान नछोड्दा मन्त्रिपरिषद पुनगर्ठनमा ढिलाई भइरहेको छ । प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड राम्रो पर्फमेन्स देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई समेट्नुपर्ने पक्षमा छन् ।

    यस्तै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ। असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो।

    गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका थिए।

    यसअघि सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालभित्र संघीय सांसद बनाउन मिल्ने/नमिल्नेबारे ‘गम्भीर संवैधानिक व्याख्या’ हुनुपर्ने आदेश गरेको थियाे । सर्वोच्चले प्रारम्भिक रूपमा दुवै पक्षबीच छलफल नहुँदासम्म राष्ट्रिय सभामा मनोनीत नेकपा उपाध्यक्ष गौतमलाई ‘थप संवैधानिक जिम्मेवारी दिने/लिने काम नगर्नू’ भनी आदेशसमेत जारी गरेको थियाे ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशअनुसार आज १४ गतेसम्म गौतम केवल राष्ट्रिय सभाको सदस्यका रूपमा रहनेछन् । २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ