• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

    579
    SHARES

    काठमाडौं । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो ।

    ‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ,’ सचिवालयले ट्विटमार्फत भनेको छ । साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ ।

    यसैबीच कोरोनाभाइरसको संक्रमणबाट विश्वभर १० लाख बढी व्यक्तिको ज्यान गइसकेको छ । संक्रमितको संख्या तीन करोड ३५ लाख नाघिसकेको छ । यसको औषधि र खोप अहिलेसम्म पत्ता लागेको छैन ।

    विश्वमा केही खोपहरु परीक्षणको चरणमा रहेका छन् । तर, आधिकारिकरुपमा खोप बनिसकेको छैन । खोप बनाउने होडबाजी विश्वभरि नै छ । खोप बनाएको दाबी गर्नेहरुपनि उत्तिकै छन् । भारतमा यस्तै दाबी गर्ने एकजना पक्राउ परेका छन् ।

    भारत, ओडिशाको बरगढ जिल्लामा कोरोनाविरुद्धको नक्कली खोप बनाएको आरोपमा गएको शुक्रबार ३२ वर्षीय युवक पक्राउ परेका हुन् । उनले कोरोनाको खोप बनाउन सफलता मिलेको दाबी गरेका थिए । आफूले बनाएको खोप बेच्न दिन अनुमतिपत्रका लागि प्रशासनलाई इमेलसमेत गरे । त्यसपछि घटना बाहिरिएको हो ।

    इमेलसँगै प्रहरी र अरु अधिकारीहरुले रुसुदा गाउँस्थित उनको ठेगानामा छापा मारेर पक्राउ गरेका हुन् । प्रह्लाद बिसी नाम गरेका ती युवकले ७ कक्षासम्ममात्र अध्ययन गरेका छन् । उनको साथबाट सिसीहरु, पाउडर र केमिकल बरामद गरियो । सिसीमा कोभिड-१९ लेखिएको स्टिकर पनि टाँसिएको थियो ।

    प्रहरी र औषधि निरीक्षकहरुकाअनुसार आरोपीले उक्त नक्कली खोप बेचेका भने थिएनन् । आफ्नो खोपले कोरोना पूर्णरुपमा निको हुने दाबी आरोपीले गरिरहे । औषधि निरीक्षकहरुले उनलाई खोपको संरचनाबारे बताउन आग्रह गरे । तर, उनले त्यसलाई अस्वीकार गरे । ‘अति गोप्य’ भने ।

    प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । यसअघि, कुनै नक्कली औषधिको कारोबारमा संलग्न भए/नभएकोबारेमा पनि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ