• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिबन्ध तोड्दै पार्टीका काममा सक्रिय नेकपा रोल्पा, जवसका भेला-सम्मेलन सम्पन्न

    514
    SHARES

    काठमाडाैं । सरकारी प्रतिबन्धकाबीच बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिबिधिलाई निरन्तरता दिइरहेको छ । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि आफ्ना फौजी प्रतिरोधका कार्यक्रम स्थगित गरेको नेकपाले पार्टीका जनबर्गीय संगठनहरुका भेला सम्मेलन सम्पन्न गर्ने काम भने भकाभक जारी राखेको छ ।

    यसै क्रममा नेकपा रोल्पाले युवा संगठन नेपाल माडी गाउँकमितिको प्रथम भेला सम्पन्न गरेको छ। नेकपा रोल्पा जिल्लाका सेक्रेटरी दिनेश बिक्रम चन्द (मानव )को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले युवा संगठन नेपाल माडी गाउँकमिटी चयन गरेको छ ।

    भेलाले कमल अध्यक्ष रहने गरी १७ सदस्यीय माडी गाउँ कमिटी चयन गरेको हो । युवा संगठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल, नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सदस्य सन्दीप बिशेष अतिथि रहेको उक्त भेलाको अध्यक्षता संयोजक कमलले गरेका थिए ।

    त्यस्तै भेलामा नेकपा रोल्पाका सदस्यहरु दिनेश, नायक, अविरल, युवा संगठन नेपाल रोल्पाका सचीव असल, युवा संगठनकै रोल्पा जिल्ला सदस्य इच्छुक, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य लक्ष्मण, रोल्पा-काठमाडौं सम्पर्क मंचका संयोजक रणबहादुर, दलित मुक्ति मोर्चाका जिल्ला सदस्य गोपाल बिक, युवा संगठन गंगादेवका सदस्य छबि भेलामा अतिथिका रुपमा सहभागी भएका थिए ।

    त्यस्तै गरि माडीका पुराना अग्रज कम्युनिस्ट नेता एवम् नेकपाका माडी गाउँकमिटी सदस्य अमर लगाएतको उपस्थित रहेको उक्त कार्यक्रमलाई युवा संगठन नेपालका संग्रामले संचालन र भेलामा सहभागी अतिथिहरुलाई युवा संगठन नेपालका प्रबणले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

     

    उक्त भेलाका प्रमुख अतिथि दिनेश बिक्रम चन्दले शुभकामना दिदै युवाहरू नै देश परिवर्तनको मुख्य संवाहक भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउनको लागि सबै नौ जवान युवाहरू एक हुनुपर्ने बताए । दलाल सत्ताको अखडा भत्काउन तयारी हालतमा बस्न युवाहरूलाई अनुरोध समेत उनले गरे । हालको दलाल सत्ता श्रमजीवी बर्गका जनताको हितमा नभएकोले यो सत्ता खारेज गरी जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरिछोड्ने चन्दको दाबी थियो।

    भेलाका बिशेष अतिथि युवा संगठन नेपाल रोल्पाका अध्यक्ष प्रज्वलले एकीकृत जनक्रान्तिलाई टुंगोमा पुर्याउन युवाहरू गाउँ-गाउँ बस्ती-बस्तीहरुबाट एक भएर जुट्नुपर्ने बेला भएको बताए ।

    कार्यक्रममा नायक,दिनेश ,अविरल ,असल, रणबहादुर र इच्छुकले भेला सफलताको शुभकामना दिदै एकीकृत जनक्रान्ति टुंगोमा पुर्याउन युवाहरूले रोल्पाका गाउँ बस्तिहरुबाट महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । उक्त भेलामा सामाजिक दुरी कायम गर्दै करिब ३०० जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ