• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

    290
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

    एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ । अहिले देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ