• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन, प्रधानमन्त्री मोदीले गरे यस्तो ट्वीट

    497
    SHARES

    काठमाडौँ । भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । राजस्थानको बाडमेरका सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटमा भनेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’

    त्यसपछि उनले अर्को ट्वीट गरे । उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ । ओम शान्ति ।’

    यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व नहुने दाबी गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री खानले जम्मू र कश्मीरको विवाद सुल्झाउनुपर्ने भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्ने तथा इस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।

    खानले जम्मू-कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको आलोचना गर्दै फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको भारतीय सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गरेमा पाकिस्तानले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने चेतावनी दिए ।

    बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीर र आतंकवाद विषय उठाएपछि संयुक्त राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतंकवादको विषयमा विवाद भएको छ । खानको भनाइपछि भारतले कडा प्रतिवाद गरेको छ । संयुक्त राष्ट्रसंघको भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई राजनीतिक पतनको संज्ञा दिएका बीबीसीले जनाएको छ ।

    तिरुमूर्तिले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरुको उत्पीडन तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी पनि गरेकाे बीबीसीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ