• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आज कहाँ-कहाँ पर्दैछ ठुलो पानी ? भर्खरै आयो मौसमसम्बन्धि यस्तो जानकारी

    1K
    SHARES

    काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

    केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।

    मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् । मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ । हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर-पुर्वतर्फ सरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    आज कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

    यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एक/ दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैबीच लगातारको झरीले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् । जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

    मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यहाँका खाडो, बलान, महुली, खुटीलगायत नदीमा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा पर्न सक्ने भन्दै विभागले सचेत गराएको हो ।

    ‘पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र सिरहाका केही स्थानमा ठूलो वर्षा भएको छ,’ विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको सूचनामा उल्लेख छ, ‘तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहौं ।’

    खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिका–१ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको उक्त गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

    वर्षाको पानीको निकास नहुँदा सदरमुकाम राजविराजको वडा नम्बर ५ का एक सय घरमा पानी पसेको वडाध्यक्ष समीरकुमार झाले बताए । वडा नम्बर ६ मा पनि ५० घरमा पानी पसेको वडाध्यक्ष प्रेम यादवले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ