• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights अन्तराष्ट्रिय

    विश्वभर कोरोनाबाट ३ करोड २४ भन्दा बढी संक्रमित

    449
    SHARES

    काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् ।

    त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् ।

    अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एकैदिन ४५ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ । `अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

    त्यस्तै दोस्रो स्थानको भारतमा एकैदिन ८५ हजार ९१९ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । अहलिेसम्म ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् ।

    त्यस्तै तेस्रो धेरै संक्रमित भएको मुलुक ब्राजिलमा एकैदिन ३२ हजार १२९ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । १ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ