• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुन्धाराकाे होटलबाट यस्तो अवस्थामा समातिए महाकाली सिंचाइ आयोजनाका हाकिम, रहस्य थाहा पाएर प्रहरी चकित

    8.7K
    SHARES

    काठमाडौं । महाकाली सिंचाइ आयोजना, कञ्चनपुरको निमित्त प्रमुख काठमाडाैंकाे एक हाेटेलबाट प’क्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव बिष्टलाई सुन्धाराको एक होटेलबाट प’क्रा’उ गरेको हो ।

    खासमा भएको के थियो ?

    महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए ।

    त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मा’दक पदार्थ सेवन गरेर बसेका थिए । उनको साथमा एक युवती र अन्य केही व्यक्ति पनि थिए ।

    सोधपुछ गर्दा ती व्यक्तिले केही ‘गन्यमान्य’ व्यक्तिको नाम लिँदै प्रहरीलाई अभ’द्र व्यवहार गर्न खोजेपछि प्रहरी टोलीले सामान्य बल प्रयोग गर्दै खनतलासी लियो । उनको साथमा ११ लाख रुपैयाँ बरामद भयो । ‘ठूलो परिमाणमा रकम बरामद भएपछि उनी व्यापारी हुन् कि भन्ने लागेको थियो’, अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन् ।

    उनले रकमको स्रोत खुलाउन सकेनन् । प्रहरीले उनको परिचय पत्र माग्यो, उनी नेपाल सरकारको अधिकृत प्रचण्डदेव बिष्ट भएको खुल्यो । उनी महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको निमित्त प्रमुखको रुपमा कार्यरत भएको थाहा पाएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गर्‍यो ।

    आयोगको टोली घटनास्थलमा पुगेपछि बिष्टलाई थप कारबाहीका लागि आयोगकै जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले  बताए ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारी बिष्टलाई महानगरीय प्रहरी वृत्त, जनसेवाले दाखिला गरेको बताउँछन् । ‘अनुसन्धानको सिलसिलामा आयोगले पनि हेर्नुपर्ने घटना भएकाले हामी कहाँ पठाइएको छ’, अधिकारीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

    यसैबीच कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

    सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सयभन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइ–बुझाइ पनि गरेको छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाइन्ट राखी सवारी साधनहरुले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता दिइएको हो ।

    ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रह गरेका छन् ।

    महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्ने, नियमित सरसफाइ गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापडण्ड पालना गराउन सहमति गराइसकेको जनाएको छ ।

    एसपीलाई विभागीय कारबाही र यातना दिनेलाई ज्यान मु’द्दा !

    सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई या’तना दिइएको निष्कर्ष निकालेको छ । समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

    समितिको सिफारिसअनुसार विभागीय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने यसबारे गृहको पत्र आइनसकेको बताए । गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको ह’त्या गरेको अभियोगमा प्रहरीले ३२ साउनमा १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो ।

    हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले वीरगञ्ज लगेको थियो र नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । तर, विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कु’टपि’टबाट मृत्यु भएको दाबी गरे ।

    मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले ह’त्या अभियोग स्वीकार गर्न या’तना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप-सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

    २ नं. प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एसपी सदस्य रहेको समितिले गृह सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ । समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा हिरासतमा विजयलाई या’त’ना दिएको निष्कर्ष निकालिएको छ । जिल्लाको नेतृत्व तहमा रहेका अधिकारीले पनि पदीय जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्दै विभागीय का’रबाही सिफारिस गरिएको छ ।

    हिरासतमा गएर या’तना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको पनि उनले बताए । तीनै जनालाई प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।

    मृतकका बुबा पनिलाल रामले पनि छानविन समितिकै सिफारिस जस्तै नयाँ जाहेरी पनि प्रहरीलाई दिएका छन् । उनले २५ भदौमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी क’सूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरी दर्ता गराएका थिए ।

    तीन दिनपछि हुलाकमार्फत या’तना दिने कार्यमा संलग्न भनिएका तीन जनालाई मात्र प्रतिवादी बनाएर जाहेरी दिइएको रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए । ‘पहिले भिडले भनेअनुसार जाहेरी दिएको थिएँ भन्दै सच्चाउन चाहेको बताउनुभएको थियो’, शाहले भने, ‘दुवै जाहेरी दर्ता छन्, अब सरकारी वकिलको निर्णय अनुसार कुन जाहेरी अघि बढ्ने भन्ने तय हुन्छ ।’

    कंगाेमा नेपाली सेनाका अधिकृत र जवानबीच कु’टाकु’ट, छानविन गर्न सेनाले चाल्यो यस्तो कडा कदम

    अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।

    घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

    बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कु’टपि’ट गरेका थिए। यो खबर सामाजिक सञ्जालमा आएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थाल्यो। प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कु’टपि’ट भएको बुझिएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।

    ‘वादविवाद र झगडा हुँदा घटनाले कु’टपि’टको रुप लिएको भन्ने बुझिन आएपछि समिति गठन गरिएको हो,’ पौडेलले भने, ‘यो निकै गम्भीर आरोप भएकाले तरिकावद्ध रुपमा छानविन समिति गठन गरिएको हो।’ कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ।

    ‘कसको के दोष हो, सैनिक ऐनको कुन दफा र कारबाही आकर्षित हुन्छ, समितिले त्यो निर्क्यौल गरेर कारबाही सिफारिस गर्छ,’ उनले भने, ‘त्यसपछि सैनिक अदालत गठन गरेर आवश्यक कारबाही सुरू हुन्छ।’ पल्टनमा सबै ‘क्लोज क्याम्प’मै रहेको हुँदा छानविन एक साताभित्रै सकिने उनले बताए।

    उक्त पल्टन कंगो खटिएको एक वर्ष पुगेको छ। सो पल्टन असोजमै नेपाल फर्किंदैछ। उक्त पल्टन बदली गर्न पाँचखालमा अर्को टोली तयार पारिँदैछ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ