• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    काठमाडौंमा ६०९ सहित उपत्यकामा थपिए ७५५ जना नयाँ कोरोना संक्रमित

    839
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

    नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको जनाएको छ ।

    आज ४५७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संखया ५० हजार ४११ पुगेको छ । आज थप १७ जनाको ज्यान गएको छ ।

    त्यस्तै वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ। यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो ।

    वितेको २४ घण्टामा ४५७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ५० हजार ४११ पुगेको छ । यो ७२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ४९७ मा कोरोना पोजेटिभ देखिएको थियो ।

    अहिलेसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिले १८ हजार ४३७ जनामा संक्रिय संक्रमण छ । उनीहरुमध्ये ९ हजार ८२३ जना होम आइसोलेसनमा छन् । ८ हजार ६१४ संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ५६५ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ