• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    कोरोना संक्रमण झनै बढेपछि फेरि १ महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    2.7K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

    ‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

    गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ।

    ‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

    ‘कोरोना निको भएपनि त्यसको असर लामो समयसम्म रहन सक्छ’

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोना निको भइसक्दा पनि त्यसको असर लामो समयसम्म हुन सक्ने बताएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भवन । अध्ययनले युवा तथा वयस्कमा पनि कोरोना संक्रमणले लामो समयसम्म बिरामी बनाउन सक्ने जनाएको हो ।

    परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा अध्ययन सार्वजनिक गर्दै ३५ प्रतिशत भन्दा बढि कोरोनामुक्त बिरामीमा निको भएको २–३ हप्तासम्म पनि रुघाखोकी लाग्ने, थकान हुने र साँस फेर्न गाह्रो हुने समस्या देखिएको बताए ।

    डा. ज्ञवालीले परिषद्ले कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिको स्वास्थ्य स्थिति सम्बन्धी अध्ययन सार्वजनिक गरेको बताउँदै कोरोना मुक्त भएका व्यक्तिको शारीरिक, मानसिक र समाजिक स्वास्थ्य अवस्था मूल्यांकन गरी अध्ययन गरिएको बताए ।

    अध्ययनमा कोरोना संक्रमण निको भएका ९९ प्रतिशतले यात्रा गरेको पाइएको छ जसमा ६९.१ प्रतिशतले आन्तरिक यात्रा र २९.९ प्रतिशतले अन्तराष्ट्रिय यात्रा गरेका थिए । शारीरिक स्वास्थ्य अवस्था अध्ययन गर्दा ८९.१ प्रतिशत सामान्य र १०.१ प्रतिशतमा कोरोनाका लक्षण देखिएको थियो । लक्षणमा रुघाखोकी लाग्ने ,हाँछ्यु आउने, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने तथा गन्ध र स्वाद गुमाएको लक्षण देखा परेको थियो ।

    कोभिड १९ निको भएका बिरामी, स्वास्थ्यकर्मी, समाजसेवी लगायतमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अडर र पोस्ट ट्रम्याटिक स्ट्रेस सिन्ड्रोम देखिएको छ । अध्ययनमा सहभागी भएकामा ७० जनामा दीर्घरोग जस्तै मधुमेह, मुटुरोग, दमरोग ,श्वासप्रश्वासका अन्य रोग र केहीमा एचआइभी संक्रमित पनि रहेका छन् । कोभिड १९ पछि धुमपान र मद्यपान सेवन १० देखि १२ प्रतिशतले क्रमश घटेको अध्ययनले देखाएको छ ।

    अध्ययनले मानसिक स्थिति मूल्याकंन गर्दा १५ प्रतिशतलाई कोरोनाका बारेमा सुन्दा बारम्बार दिक्क लाग्ने,अनावश्यक विचार आउने र ७.७ प्रतिशतमा आफू र अरुमा नकरात्मक विचार आउने, २१.४ प्रतिशतमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता र २९.६ प्रतिशतमा बेरोजगारीका कारण चिन्ता देखिएको जनाएको छ।

    संक्रमित व्यक्तिले रिपोर्ट नेगेटिभ नआउँदासम्म अलग्ग बस्दा मासिक कमाइमा असर पुर्याएको अनुभव गरेका थिए भने कोभिड १९ को डरका कारण आफन्तबाट संक्रमित हुँदा कुनै पनि स्नेह र प्रेमको अनुभव नपाएको तथ्य अध्ययनमा देखिन्छ ।

    अध्ययनले त्यसैगरी सामाजिक स्वास्थ्यमा ८४.३ प्रतिशत निको भएकाले सामाजिक भेदभाव तथा दुर्व्यवहारका कारण मानसिक चिन्ता हुने र अविश्वासनीय समाचार तथा फेसबुकलगायतका सामाजिक सञ्जालले झन् चिन्ता थपेको पाइएको छ ।

    परिषद्ले टेलिफोन अन्तवार्ताबाट ७ वटै प्रदेशमा १८ वर्ष माथि उमेरका कोरोना संक्रमण निको भएका व्यक्तिमा अध्ययन गरेको जनाएको छ । ५५२ संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरि प्रतिवदेन सार्वजनिक गरिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६३७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जना छन् । यस्तै रुपन्देहीका ६७ जना, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्की र अछामका २२/२२ जना, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङ र कैलालीका १४/१४ जना, सप्तरीका १२, सिराहाका ११, काभ्रे र नवलपुरका १०/१० जना तथा झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५/५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना छन् । त्यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् ।

    आजसम्म ७ हजारु १०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ६ पुरुष र १ जना महिला रहेको बताए ।

    मृतकमा काठमाडौँका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४३६ पुगेको छ । देशभर पछिल्लो २४ घन्टामा ११ सय ७२ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ सय ९३ जना डिस्चार्ज भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ