• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

    294
    SHARES

    काठमाडौं । विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ ।

    एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १७ हजार ४४० जनाको मृत्यु भएको छ । ४५ लाख ३६ हजार १०० जना संक्रमित भएकोमा २४ लाख १३ हजार १८३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १ हजार १८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख ६५ हजार ४२५ पुगेको छ । त्यसमध्ये ५३ लाख १९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ८० हजार ५५९ जनाको मृत्यु भएको छ । ९६ लाख ८३ हजार ७७ जना संक्रमित भएकोमा ८० लाख ५ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार ८४२ जनाको मृत्यु भएको छ । ७६ लाख २७ हजार ७२३ जना संक्रमित भएकोमा ६४ लाख ४६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३४ हजार ३७८ जनाको ज्यान गएको छ भने १४ लाख २७ हजार ६२० संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ७३ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८९० जनाको मृत्यु भएको छ । ३० हजार ७४५ जना संक्रमित भएकोमा २७ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ