• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनबाट आयो अर्को ड’रलाग्दो खबर, यस्ता खतरनाक लक्षणहरु भएको अर्को भाइरसले कयौ बिरामी

    746
    SHARES

    एजेन्सी । कोरोनाले विश्वभर तहल्का मच्चाएका बेला चीनबाट अर्को ड’रलाग्दो खबर आएको छ । चीनको गान्सु प्रान्तको लानजोउ शहरमा नयाँ ब्याक्टिरियाको संक्रमण फैलिदा हजारौँ ब्यक्ति बिरामी परेका छन् । ब्रुसेलोसिस नामको ब्याक्टिरियाको संक्रमण फैलिदा अहिलेसम्म तीन हजार २४५ जना बिरामी भइसकेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

    ब्याक्टिरिया अन्यत्र पनि फैलन सक्ने आशंकापछि सोमबार २१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको छ । तीमध्ये शुरुमा चार हजार ६४६ जनाको नतिजा पोजिटिभ देखिएको थियो। यो संख्या अझै बढ्न सक्ने जनाइएको छ। संक्रमित व्यक्तिलाई ज्वरो आउने र मांसपेशी दुख्ने लक्षण देखिएको छ।

    त्यस्तै थकान महसुस हुने, पसिना आउने, भोक नलाग्ने तथा टाउको दुख्ने र तौल घट्ने जस्ता समस्या देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । संक्रमितलाई सामान्यतया दुईदेखि चार हप्तासम्ममा लक्षण देखिने गरेको छ। यो ब्याक्टिरियाको संक्रमण मुख्यगरी गाई, भेडा, बाख्रा, सुगुर र कुकुरलाई हुन्छ।

    मान्छे संक्रमित जनावरको सम्पर्कमा पुगेमा यो सर्ने खतरा रहेको बताइएको छ । त्यसअतिरिक्त संक्रमित पशुबाट पाइने आहारा खाँदा, पिउँदा र ब्याक्टिरिया हावामा फैलिएको खण्डमा मानिसमा सर्ने विशेषज्ञहरूले जनाएका छन् ।

    यस्तै अमेरिकासँगको बढ्दो तनावका बीच चिनियाँ वायुसेनाले प्रशान्त महासागरको गुआम द्विपमा आक्रमण गरेको नक्कली भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको देखाइएको छ । साथै भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देख्न सकिन्छ ।

    अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको थियो । उक्त भिडियो पिपुल्स लिबरेशन आर्मीको भिभो अकाउण्टमा शनिबार राखिएको थियो । चिनियाँ वायुसेनाको २ मिनेट १५ सेकेण्डको यो भिडियोमा चिनियाँ विमान कुनै मरुभूमिबाट उडेको देख्न सकिन्छ ।

    पाइलटले एउटा बटन दबाउँछन् । उक्त बटन दबाएपछि एउटा मिसाइल समुद्र किनारको एक रनवेमा खस्छ । यो स्थान गुआकस्थित सैन्य अड्डाजस्तै देखिन्छ । यसलाई अधिकारीहरुले नक्कली भिडियो भएको बताएका छन् । कतिपयले भने चीनले शक्ति प्रदर्शन गरेको बताएका छन् ।

    उता अमेरिकामा थप ३६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ३६ हजार ३४४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४६ हजार १८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका २५ लाख ४३ हजार २५८ जनामध्ये १४ हजार ४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार नाघेको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ३८८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ४ हजार ५०६ पुगेको हो । यस्तै भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ