• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    संकटमा समेत गाउँमा ब्याज असुल्ने फाइनान्सका कर्मचारी नेकपाको कब्जामा, के भन्छन जनसरकार प्रमुख ?

    1.3K
    SHARES

    अछाम । एनआरएन माईक्राेफाइनान्स एक कर्मचारीलाई बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ । एनआरएन अछामको फिल्ड कर्मचारीका रुपमा खटिएका दिपक शाहीलाई जिल्लाको कमलवजार नगरपालिका वडा नं. ७ बाट मंगलबार नियन्त्रणमा लिइएको नेकपा अछामले संचारकेन्द्रलाई जानकरी दियो ।

    कोरोना महामारीका कारण जारी बन्दावन्दिले मारमा परेका जनतालाई जीवन गुजरा टार्न समेत गाह्रो भइरहेको अवस्थामा जबर्जस्ति चर्काे व्याज असुल्दै आएको र त्यसरी नअसुल्न पटक पटक विज्ञप्ति र फाेन मार्फत अनुराेध गर्दा पनि अटेर गेरका कारण संस्थाका कर्मचारी शाहीलाई गिरफ्तार गर्नु परेको नेकपा अछामका जनसरकार प्रमुखले संचारकेन्द्रलाई बतायो ।

    मौद्रिक नीतिअनुसार ४ प्रतिशतभन्दा बढी  नपाउने नियम हुँदा हुँदै पनि त्योभन्दा बढी ब्याज अशुल्दै आएको भन्दै स्थानीयले नेकपालाई उजुरी गरेका थिए । सोहि उजुरीका आधारमा सोधपुछ गर्न र आइन्दा यस्तो हर्कत नदोहोर्याउन चेतवानीस्वरूप उनलाई गिरफ्तार गरेको नेकपाको भनाइ छ ।

    गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा साे पार्टीले कार्वाही गरेकाे थियाे । यसअघि हिजो सोमबार मात्रै जबरजस्त ब्याज असुल गर्ने वित्तिय संस्थालाई नेपाल कम्युनिस्ट पार्टी अछामले लखेटेको थियो । सर्वसाधारणलाई विभिन्न धम्की दिँदै ब्याज र किस्ता असुल गरिरहेको बेला नेकपाका कार्यकर्ताहरुले सोमबार लखेटेका हुन् ।

    जिल्लाको कमलबजार नगरपालिका-७ सेरामा स्थानीयबाट जबरजस्त ब्याज र किस्ता असुल गरिरहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई लखेटिएको नेकपा अछामले विज्ञप्ति जारी गरेर बताएको छ ।

    जिल्ला इन्चार्ज नविन र सेक्रेटरी अखिरले विज्ञप्ति जारी गरेर कोरोनाले महामारीले जनताको जीवन संकटमा पुगेको बेला ब्याज असुल गरेकोले कर्मचारीलाई लखेट्नुको साथै असुल गरेको सम्पूर्ण रकम फिर्ता गरेको बताएका छन् । अवस्था सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन जारी गरेको निर्देशनको उलंघन गर्दै ब्याज असुल गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नेकपाका कार्यकर्ताहरुले डिप्रोक्सका कर्मचारीले ब्याज र किस्ता बापत उठाएको २ लाख ५० हजार स्थानीयलाई नै गरेका छन् । ”डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनीसहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गर्न लगाउनुका साथै त्यहाँबाट उक्त संस्थाको प्रतिनिधिलाई लखेटिएको छ” विज्ञप्तिमा भनिएको छ ।

    यस्तै माइक्रो फाइनान्स र वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिविपरीत गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कका नाममा गाउँमा जनतालाई लुटिरहेको भन्दै नेकपाले यस्ता गतिविधि रोक्न अटेर गर्दै गए पार्टी जनकारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

    त्यसैगरी विज्ञप्तिमा माइक्रोफाइनान्स तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको मौद्रिक निति विपरित गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कको नाममा गाउँका सोझा-साझा जनताहरुलाई लुटिरहेको बताउँदै नेकपाले यस्ता सम्पूर्ण गतिविधि रोक्न पुनः निर्देशन दिएको छ । निर्देशन नमाने कारवाही गर्न बाध्य हुने नेकपाले चेतावनी समेत दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ