• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    कतारमा रहेका नेपालीहरु काम परिवर्तन गर्न चाहनुहुन्छ ? अब यसरी सजिलै गर्न सकिन्छ काम परिवर्तन

    705
    SHARES

    काठमाडौँ । कतारमा तपाई काम परिवर्तन गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाईँले विभिन्न प्रक्रियामार्फत रोजगारदाताको पूर्वअनुमति बिनै पनि काम परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ काम परिवर्तन गर्न चाहनुहुन्छ भने तपाई ले आफूले काम परिवर्तन गर्न लागेको बारेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यमबाट जानकारी दिन सक्नुहुन्छ ।

    तपाईले दुईवर्ष या दुईवर्षभन्दा कम समयदेखि काम गरिरहनुभएको छ भने एक महिनाको समय अवधि दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । दुई वर्षभन्दा धेरै समयदेखि काम गरिरहनुभएको छ भने तपाईले रोजगारदातालाई दुई महिनाको समय दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ ।

    कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यममार्फत तपाईले आफूले काम छोड्न लागेको जानकारी विभिन्न कागजात पेश गरेर जानकारी दिन सक्नुहुन्छ ।

    मन्त्रालयको रोजगारदाता परिवर्तन गर्ने सम्बन्धित फारम, कार्यरत रोजगारदाताको हस्ताक्षरसहितकोे करारसम्झौताको प्रतिलिपि, यदी यो नभएमा कामको अवसरको कपि पनि पेश गर्न सकिन्छ तर यो श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट प्रमाणित भएको हुनपर्छ । साथै नयाँ कामको अवसरको कपी अरेबिक भाषामा लेखिएको हुनपर्छ ।

    यी प्रक्रिया पूरा भएपछि श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता र श्रमिकलाई काम परिवर्तन निश्चित भएको म्यासेज मोवाइलमा पठाउने छ ।

    नयाँ रोजगारदाताले श्रम तथा सामाजिक मामिला मन्त्रालयको वेवसाइट (डिजिटल अथेन्टिकेशन सिस्टम)मार्फत विद्युतिय करार सम्झौताका गर्नका लागि काम थाल्नपर्नेछ । र त्यो करारको कपि नयाँ रोजगारदाताले प्रिन्ट गरेर श्रमिकसँग छलफल गरी हस्ताक्षर गर्न पर्नेछ ।

    हस्ताक्षरसहितको नयाँ करार सम्झौता रोजगारदाताले मन्त्रालयको वेवसाइटमा अपलोड गर्न पर्नेछ । प्रमाणीकरणका लागि रोजगारदाताले ६० कतारी रियाल शुल्क तिर्नपर्छ । जब रोजगार करारसम्झौता प्रमाणीकरण हुन्छ तब नयाँ रोजागरदाताले कतारी आइडीका लागि थप आवश्यक कागजातसहित कतारको आन्तरिक मन्त्रालयमा पेश गर्न पर्नेछ ।

    यी प्रक्रिया अनुसार श्रमिकले नयाँ करार सम्झौता, कतारी आइडी र स्वास्थ्य कार्डसहित नयाँ काममा जान सक्नेछन् । यसबारे थप जानकारीका लागि कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर १६००८ मा सम्पर्क गर्न सकिन्छ ।

    कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

    ‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’ करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ ।

    उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाजले बताए । ‘उहाँहरूलाई नेपाल फर्कन मन छैन र अर्को कम्पनीमा रोजगारी गर्ने इच्छा छ भने यहीं काम गर्न पाउने वातावरण बनेको छ । हामीले पनि यो अवस्थामा स्वदेश फर्कनुभन्दा यहीं काम गर्न प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘दूतावासले त्यसका लागि आवश्यक कागजात बनाइदिन सहयोग गर्नेछ ।’

    असोज ३ गतेसम्म ९ हजार एक सय ७१ जना स्वदेश आइसकेका छन् । सबैभन्दा बढी सेवा क्षेत्र, ढुवानी तथा मझौला कम्पनीमा कार्यरत नेपालीको रोजगारी गुमेको छ । खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ । खान नपाएका ७ हजार नेपालीलाई कतार च्यारिटीले नेपाली दूतावास र एनआरएनएमार्फत खाना उपलब्ध गराएको छ ।

    कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुम्नेहरूका लागि रोजगारी दिलाउन एउटा संयन्त्र बनाएको छ । संयन्त्रमा श्रमिक खोज्ने रोजगारदाता कम्पनी र रोजगारी खोज्ने श्रमिकले सम्पर्क गर्नेछन् । ‘अहिले नेपालबाट नयाँ श्रमिक ल्याउने माग भएको छैन । ल्याइहाल्ने अवस्था पनि बनेको छैन,’ राजदूत भारद्वाजले भने, ‘यहीं भएका श्रमिकलाई नै समायोजन गर्ने नीति ल्याइएको हो । यसले लाखौं ऋणको भारी बोकेर स्वदेश फिर्न बाध्य श्रमिक वर्गलाई पनि सम्बोधन गरेको छ ।’

    श्रम मन्त्रालयले श्रमिकसँग सहजीकरण गर्न गैरआवासीय नेपाली संघ कतारलाई पनि अनुरोध गरेको छ । ‘श्रम मन्त्रालयको यो नीति नेपाली श्रमिकका लागि निकै महत्त्वपूर्ण छ । जसको भिसाको म्याद समाप्त भइसकेको छ वा जरिवाना तिर्नुपर्नेछ, उनीहरूका लागि पनि नयाँ रोजगारीको प्रबन्ध मिलाइएको जानकारी हामीलाई दिइएको छ,’ एनआरएन कतारका अध्यक्ष मुक्तदा आलम मुसलमानले भने, ‘श्रमिकले जरिवाना पनि तिर्नु पर्दैन । बेरोजगार भएका नेपालीले मन्त्रालयले तोकेको फाराम भरेर पठाइदिए मात्रै पनि पुग्छ ।’

    श्रमिकको प्रमुख गन्तव्य कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । नयाँ नेपाली श्रमिक आउन नपाएको र त्यहीं रहेका पनि स्वदेश फिर्न बाध्य भएमा कतारबाट नेपाल आउने रेमिट्यान्समा असर पुग्ने श्रमविज्ञ गणेश गुरुङ बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार कतारबाट वार्षिक झन्डै ७७ करोड अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ५ वर्षभित्र वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी ३२.९२ प्रतिशत नेपाली कतार गएका छन् ।

    पूर्वसचिव पूर्णचन्द्र भट्टराईले कतारको नीतिले अप्ठ्यारो परिस्थितिमा रहेका श्रमिकले निकास पाउने बताए । ‘यो अवस्थामा उनीहरू निकै अप्ठ्यारोमा परेका थिए । फेरि रोजगारीका लागि अर्को देशमा जान लाग्ने थप खर्च हटेको छ,’ उनले भने, ‘अब सीपका आधारमा रोजगारी पाउने सम्भावना बढ्यो । कतारले मार्चदेखि लागू हुने गरी एक हजार रियाल न्यूनतम तलब तोकेको छ । यसले नेपाली श्रमिकलाई थप फाइदा पुग्नेछ ।

    ‘हाम्रो श्रम बजारको विशेषता चलायमान छ । दैनिक विदेशबाट जति आउँथे, त्यति नै जान्थे । चैतदेखि नयाँ श्रमिक गएका छैनन्, आउने मात्रै छन् । जसले गर्दा मुलुकको अर्थतन्त्रमा धक्का पुगिरहेको थियो,’ गुरुङले भने, ‘बेरोजगारीलाई कतारमै समायोजन खोज्नुले नेपालको अर्थतन्त्र र श्रमिकको परिवारलाई थप क्षति हुनबाट रोक्ने देखिएको छ ।’

    एनआरएन कतारका अध्यक्ष आलमका अनुसार विश्वकपसँग सम्बन्धित परियोजनालाई समयमै सक्नुपर्ने दबाब कतारलाई छ । ‘एउटा कम्पनीले आन्तरिक बजारबाटै श्रमिक आपूर्ति गर्नुपर्ने अवस्था छ । कुनै कम्पनीसँग थप श्रमिक नै छैन । २० वटा सप्लाई कम्पनीलाई सम्पर्क गर्दा पनि श्रमिक उपलब्ध हुन सक्दैन,’ उनले भने । कतारको निर्माण क्षेत्रमा कुल श्रमशक्तिको झन्डै ३० प्रतिशत नेपाली छन् । कम्पनीले बिदामा पठाएका श्रमिकलाई पुनः प्रवेशमा अनुमति दिएकाले अझ सहज अवस्था बनेको नेपाल व्यवसायी संघ कतारका महासचिव रमेश भट्टले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ