• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

    551
    SHARES

    काठमाडौं । विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ ।

    यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १२० पुगेको छ । एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार ६६८ जनाको मृत्यु भएको छ । ४४ लाख ८३ हजार ६१५ जना संक्रमित भएकोमा २३ लाख ९५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९९ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख २ हजार ३६० पुगेको छ । त्यसमध्ये ५२ लाख ६२ हजार १०७ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ७८ हजार ८४५ जनाको मृत्यु भएको छ । ९५ लाख ७२ हजार ७७६ जना संक्रमित भएकोमा ७८ लाख ९२ हजार ८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३९ हजार ११२ जनाको मृत्यु भएको छ । ७५ लाख ६४ हजार ९१२ जना संक्रमित भएकोमा ६३ लाख ५७ हजार ७५६ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३४ हजार १३३ जनाको ज्यान गएको छ भने १४ लाख २० हजार २३२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ६६ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८७ जनाको मृत्यु भएको छ । ३० हजार ५७३ जना संक्रमित भएकोमा २७ हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ