• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार नाघ्यो, थप ११५४ जनामा संक्रमण पुष्टि

    202
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड १९ का संक्रमितको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ । पछिल्लो  २४ घण्टामा १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो ।

    गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४७ हजार २३८ पुगेको छ । अब नेपालमा १७ हजार ६११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ