• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सबै मान्छे भित्रै रहेका बेला अचानक तीन तले भवन भत्कियो, १० जनाको मृत्यु, थुप्रै पुरिएको आशंका

    877
    SHARES

    काठमाडाैं । भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । यसैबीच भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् ।

    आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी राज्यमा काेराेना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् ।

    उनीहरुले कोरोनाका जोखिमकाबीच बालबालिकालाई स्कुल पठाउन नहुने बताएका हुन् । बिहार राज्यमा स्कुल खोल्ने/नखोल्नेबारे भोलि मात्रै निर्णय हुने भएको छ । आजदेखि मध्येप्रदेशका धेरैजसो सरकारी तथा निजी स्कुल सञ्चालनमा आउने छन् । स्कुल सञ्चालनका लागि केही नियम भने लागू गरिएको छ ।

    विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्कुलमा स्यानिटाइजर उपलब्ध हुनुपर्ने, एक पटक विद्यार्थी स्कुल भित्र छिरेपछि छुट्टि भएपछि मात्रै बाहिर जान पाउने जस्ता नियम लागू हुने भएको छ । भारतमा कोरोनाका कारण ५४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । तीमध्ये ४३ लाख ९२ हजार ६ सय निको भएका छन् ।

    कोरोनाबाट सङ्क्रमित देशको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ८७ हजार ९ सय ९ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । यस्तै कोरोना भाइरसको महामारीले विश्वकै दोस्रो धेरै प्रभावित मुलुक भारतमा किसान आन्दोलन चर्किएको छ । महामारीको वेवास्ता गर्दै विभिन्न राज्यमा हजारौँ किसानहरू सरकारविरूद्ध आन्दोलनमा उत्रिएका हुन् ।

    कृषि क्षेत्रसँग जोडिएका तीन विधेयक पारित भएसँगै विरोध भारतमा विरोध चर्किएको हो। विपक्षी तथा सत्तामै रहेका कतिपय दलको विरोधका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले लोकसभा तथा राज्यसभाबाट विधेयक पारित गरेको हो । विधेयक पारित भएलगत्तै पञ्जाब, हरियाणा, उत्तर प्रदेश लगायतका राज्यमा प्रदर्शन चर्किएको छ ।

    विधेयक जारी भएसँगै कृषि मण्डीको व्यवस्था हट्ने तथा देशको खाद्य सुरक्षा तसहनहस हुने विपक्षीहरूले आरोप लगाएका छन् । विधेयकमा भएको व्यवस्थाले अब किसानले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोक्न नपाउने भएपछि किसानहरू आन्दोलित भएका हुन् ।

    विपक्षीको विरोधपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत न्यूनतम समर्थन मूल्य र सरकारले खरिद गर्ने हालको व्यवस्था नहट्ने आश्वासन दिए पनि प्रदर्शन रोकिएका छैनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ