• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विराटनगरमा हिँड्दाहिँड्दै बेहोस भए डाक्टर, अस्ताल पुर्याउदा भयो यस्तो पुष्टि, उपचार गर्न भारत लगियो

    686
    SHARES

    विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पताल नजिकै उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

    मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि भारततर्फ लागेका छन् । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार उनलाई आइतबार नै भारततर्फ लगिएको हो । ती चिकित्सकको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।

    इमरजेन्सी विभागका पाँच, आइसियूका दश र प्रयोगशालाको एकजना प्राविधिक कर्मचारी क्वारेन्टिनमा बसेको डाक्टर दासले जानकारी दिए । डाक्टर बिराजीलाई संक्रमण देखिएसँगै कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३१ पुगेको छ । तीमध्ये अधिकांश संक्रमण मुक्त भइसकेका छन् ।

    यसैबीच वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना छन् । तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए ।

    नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

    त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले असोज १ गते अस्पताल ल्याएका थिए ।

    उता नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका-४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६.२५ बजे मृत्यु भएको हो।

    सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ