• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आजदेखि लगातार चारपाँच दिनसम्म ठूलो पानी पर्ने, सचेत रहन मौसम विभागकाे चेतवानी

    756
    SHARES

    काठमाडौँ । आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ ।

    अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको र रातिदेखि भारी वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

    आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यो क्रम कम्तिमा आउँदो शुक्रबारसम्म कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया