• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    काठमाडौँमा ५३८ सहित उपत्यकामा थपिए ६७४ जना नयाँ कोरोना संक्रमित

    745
    SHARES

    काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ । देशभरका संक्रमितको आधा भन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्।

    यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ। पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ