• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    एक महिनामै दुब्लाउन चाहनुहुन्छ ? अपनाउनुस यस्ता ५ सजिला उपाय

    1.1K
    SHARES

    एजेन्सी । शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ । तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ ।

    दैनिक ३.५ लिटर पानी पिउनुस्
    पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ ।

    बिरे नुनले नुहाउनुस्
    यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीमा दुई कप बीरे नुन मिसाउनुपर्छ ।

    केरा
    केरामा पोटाशियमको मात्रा भरिपूर्ण हुन्छ । यसले फुलेको पेटलाई पुनः घटाउन मद्दत गर्छ । पोटाशियमले खानामा भएको सोडियमको प्रभावलाई कम गराइदिन्छ । त्यसैले केरा खाने गर्नुपर्छ ।

    यी तरकारी नखाने
    यदि तपाईं पेटको समस्याले चिन्तित हुनुहुन्छ भने केही समयका लागि प्याज, ब्रोकाउली, गोभी, पत्ता गोभी जस्ता तरकारीहरु खान बन्द गर्नुपर्छ । किनकी तरकारीहरुले तपाईंको शरीरका अंगहरु बढाउने काम गर्छ ।
    यी तरकारीहरुमा पोषक तत्व भरपुर मात्रामा हुन्छ । तर यसको धेरै सेवनले पेट अत्याधिक बढ्ने गर्छ ।

    चुइगम
    चुइगम वा अन्य कुनै पनि प्रकारका गमको सेवनले पेट बढाउने समस्या पैदा गर्छ । चुइगममा चिनी, अल्कोहल र कृत्रिम मिठास जस्ता सोर्बिटोल र जाइलिटोल हुन्छ । जसले पेट धेरै फुलाउने गर्छ । त्यसैले चुइगम खाइदैँन त्यसलाई चपाएर फाल्ने गरिन्छ ।

    रातिको खाना छिटो खानुस्
    रातिको खाना छिटो खान गर्नुपर्छ । रातिको खाना छिट्टो खाएमा कहिल्यै पनि पेट बढ्ने समस्या झेल्नुपर्दैन । त्यसैले बिहान र रातिको खानाको बीचको ग्याप १२ घण्टा राख्नुपर्छ । जसले पाचन प्रक्रिया ठीक गराउँछ । अदुवा- अदुवाले शरीरलाई निकै फाइदा पुर्याउँछ । कुनै पनि पेट बढ्ने समस्याको समाधानका लागि अदुवा फाइदाजनक हुन्छ ।

    यस्तै बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

    १.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् । २. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।

    ३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।

    ४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।

    ५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।

    ६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।

    ७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । ८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ