• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारलाई अर्को ठुलो झट्का, यातायात व्यवसायीले दिए फेरि यस्तो कडा चेतावनी

    790
    SHARES

    काठमाडौँ । लामो दुरीका यातायात तथा हवाई उडान खोल्ने निर्णय गरेको ओली सरकारलाई अर्को ठुलो झट्का लागेको छ । यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्। सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन्।

    जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजिनक बसमा विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालको आरोप छ।

    जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने उनले चेतावनी दिए। असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। यी सार्वजनिक सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु राख्न पाउने र सोवापत भाडा भने ५० प्रतिशत बढी लिन पाउने व्यवस्था गरिएको छ।

    यस्तै कोरोना संक्रमणका कारण करिब ६ महिनादेखि बन्द आन्तरिक हवाई उडान सोमबार अर्थात भोलि असोज ५ गतेबाट खुल्दै छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।

    सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका थिए । अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन् । मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएका छन् ।

    यति एयरलाइन्सका महाप्रबन्धक समेत रहेका रिमालले सो एयरलाइन्स सबै प्रक्रिया पुरा गरेर भोलिको दिन कुरेर बसेको बताउँछन् । हाललाई २५ प्रतिशत उडान हुनेछ । सबै विमानस्थलमा उडान हुनेछ । आवश्यकताअनुसार उडान संख्या बढाउने गरी भोलिबाट उडान शुरु हुन लागेको हो ।

    यसअघि सरकारले भदौ १ गतेदेखि उडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बायुसोवा कम्पनीहरुले उडानको तयारी गरे । तर पछि कोरोना संक्रमण बढेको भन्दै पुन १५ दिन उडान बन्द गर्ने सरकारी निर्णपछि वायुसेवा सञ्चालकहरु रुष्ट भएका थिए । फेरि भदौ १६ गते पनि उडान गर्न नदिए आन्दोलनमा जाने चेतावनी समेत दिए । तर सो समयमा पनि उडान हुन सकेन ।

    कोरोना महामारीका कारण करिब ६ महिना व्यावसायिक उडान बन्द हुँदो निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूले ठुलो नोक्सानी बेहोरेको हवाई व्यवसायीको भनाइ छ । बन्दाबन्दीको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको व्यवसायीको भनाइ छ ।

    यस्तो हुनेछ प्रक्रिया

    तपाई यात्रा गर्दै हुनुहुन्छ भने पहिलेभन्दा अहिले अलि फरक पाउनुहुनेछ कारण तपाइले पुरा गर्नुपर्ने प्रक्रिया विगतको भन्दा लामो हुनेछ । विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।

    सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसका लागि बढीमा पाँच मिनेट लाग्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्क्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाइ यात्राका लागि योग्य हुनुहुन्न् । एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ । तपाइलाई उसले स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ । उसले पनि तपाइको ताफक्रम ठिक छ छैन जाँच गर्नेछ ।

    बोर्डिङ पास लिएर तपाइ उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ जसमा डिसइन्फेक्स गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाइको दुरी कायम हुनेछैन । तपाइको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ