• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    आइपीएलकाे १३औं संस्करण आजबाट सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्ने

    563
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करण आज शनिबार यूएईमा सुरु हुँदैछ । कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् ।

    मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

    रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

    यस्तै यता ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतक प्रहार गरेपछि अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेल ३ विकेटले जितेको छ। जससँगै तीन खेलको सिरिज अस्ट्रेलियाले २-१ ले जितेको छ। इंग्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य अस्ट्रेलियाले २ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

    उसका लागि केरीले १०६ रन र म्याक्सवेलले १०८ रन जोडे। केरीले ११४ बलमा ७ चौका र २ छक्का हिर्काए। म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का हिर्काए। बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र जोए रुटले २-२ विकेट लिए।

    त्यसअघि इंग्ल्यान्डले ५० ओभरमा ७ विकेटको क्षतिमा ३०२ रन जोड्यो। उसका लागि जोनी बायस्टो ११२ रन जोडे भने साम बिलिङ्ग्सले ५७ रन र क्रिस ओएक्सले ५३ रनको योगदान दिए। बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ३–३ विकेट लिए। म्याक्सवेल प्लेयर्स अफ दि म्याच र प्लेयर्स अफ दि सिरिज दुवै घोषित भए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ