• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    प्रहरीको लज्जास्पद हर्कत- कुलमानको पक्षमा बोल्दा लखेटी लखेटी यसरि भयो कु’टपि’ट, भिडियोसहित

    890
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कु’टपि’ट गरेको हो ।

    घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ ।

    त्यसक्रममा ‘केपी ओलीको पक्षमा प्रदर्शन गर्न हुने, राम्रो मान्छेको पक्षमा किन नहुने’ भनेर आफूले प्रहरीलाई प्रश्न गरेको गुप्ता बताउँछन् । तर, यो प्रश्नबाट प्रहरी रिसाएर सबैलाई अन्धाधुन्द लाठीचार्ज र बुट बजार्न थालेको उनले बताए ।

    प्रहरीले आफूहरुलाई कुनै कारणसमेत नदिइ अश्लील शब्द बोल्दै कु’टपि’ट गरेको उनले बताए । कुटाइबाट उनको खुट्टामा चोट लागेको छ । ‘हिजो एक्स रे पनि भयो, भित्रचाहिँ समस्या देखिएन’, उनी भन्छन् ।

    प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रहरीले थुनामुक्त गरेको थियो ।

    ‘भिडियो नआएको भए, अझै दुःख पाइन्थ्यो होला’, गुप्ता भन्छन्, ‘चौकीमा पुगेपछि चाहिँ मलाई सौहार्दपूर्ण व्यवहार भयो ।’ उनकै टोलीले बुधबार कुलमानको पक्षमा अनामनगर क्षेत्रमा मसाल जुलुस पनि निकालेको थियो ।

    उनको समूहले अहिले कपडा बैंक नामक अभियान पनि चलाइरहेको छ भने भोका श्रमिकहरुलाई रत्नपार्कमा खाना खुवाउने व्यवस्था पनि गरिरहेको छ । गुप्ता नोबेल कलेजमा जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

    सर्वसाधारणलाई कु’टपि’ट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन गर्न मातहतको निकायलाई निर्देशन दिएको छ । महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार घटनाबारे छानविन गर्न भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई पत्राचार गरिएको छ । साथै, दोषी पाइए कारबाही गर्न पनि भनेको छ ।

    यस्तै कुलमान घिसिङकै पक्षमा प्रदर्शन गर्ने अर्का व्यक्ति पनि घाइते भएका छन् । अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कु’टपि’ट गर्दा घाइते भएका हुन् । प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कु’टाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएको दाबी गरेका छन् । शुक्रबार नै बानेश्वरमा पनि प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको प्रहरीले संविधान दिवसको सन्दर्भमा अनलाइनखबरलाई प्रतिक्रिया दिइरहेका सर्वसाधारणलाई लाठी हानेको थियो ।

    प्रहरीबाट आमनागरिकलाई कु’टपि’ट गरेको घटना पटकपटक सार्वजनिक हुने गरेका छन् । सार्वजनिक वृत्तमा आलोचना भएपछि प्रहरीले कारबाही पनि गर्ने गरेको छ । यद्यपि, प्रहरी आचरण र व्यवहारमा सुधार आउन सकेको छैन ।

    यसैबीच संविधान दिवसबारे बोल्न खोज्दा प्रहरीले जनतामाथि लखेटी ल’खेटी कु’टपि’ट गरेको छ । शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवननजिकै सडकमा संचारकर्मीसँग बोल्ने क्रममा प्रहरीले वसन्त पौडेललाई कु’टपि’ट गरेको हो । संविधानले हामीलाई के दियो ? भन्नेबारे ब्प्ल्दै गरेका पौडेलमाथि अचानक प्रहरीले धावा बोल्यो र उनलाई निकै परसम्म लखेटेर कु’टपि’ट गर्‍यो ।

    संविधानले जनतालाई जति राहत दिनुपर्ने त्यति हुन नसकेको पौडेलले बताउँदै गर्दा प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको टोलीले पौडेललाई बोल्न निषेध गरे । प्रहरीले संसद भवनअगाडि नै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोले ।

    पत्रकारलाई पनि प्रहरीले दुर्व्यहार गरे । प्रहरी टोलीले सूचना विभागको कार्ड देखाउँदासमेत अन्तर्वार्ता दिइरहेका पौडेललाई लाठी हानेर अन्तर्वार्ता बिथोलेका थिए । पर पुगिसकेपछि पनि उनीमाथि प्रहरीले लखेट्दै गएर कुटपिट गरेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ