• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update

    कोरोना संक्रमण झनै बढेपछि देशभर लागु हुने भयो यस्तो नयाँ नियम, सरकारको उर्दीसहित

    0.9K
    SHARES

    काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।  एकैदिन २०२० जनामा संक्रमण देखिएपछि देशभर नयाँ नियम लागु भएको छ । अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूह्लाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन्।

    यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ। पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ।

    साथै घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ। शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८८५ जना संक्रमित थपिएका छन् ।

    यसअघि विहीबार (हिजो) काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

    सअघि विहीबार (हिजो) कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

    मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।

    कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको भन्दै काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा प्रशासन कार्यालयहरुले तीन सातादेखि डेढ महिनासम्म निषेधाज्ञाको आदेश जारी गरे ।

    निषेधाज्ञामा मानवीय आवतजावत नियन्‍त्रण गर्दा कोरोना भाइरस संक्रमणको विस्तारलाई रोक्‍न र संक्रमितको पहिचान गर्न सजिलो हुन्छ । साथै उपचारात्मक सेवा प्रभावकारी बनाउन सरकारलाई पर्याप्त समय हुन्छ । तर अहिले धेरैजसो जिल्लामा निषेधाज्ञा खुलिसकेको छ र सरकारले उपचार सेवा प्रभावकारी बनाउन निषेधाज्ञाको समय उपयोग गर्न नसकेको दृष्टान्त संक्रमितले अस्पतालमा बेड पाउन गर्नुपरेको संघर्षले पुष्टि गर्छ ।

    शुक्रबार देशभर २ हजार २० जना संक्रमित भेटिए जसमध्ये ८ सय ५९ संक्रमित काठमाडौं उपत्यकाका थिए । यसरी दिनुहँ संक्रमित संख्या बढ्दै जाँदा र उनीहरुको उपचारका लागि पर्याप्त आइसोलेसनहरु तयार नहुँदा व्यवस्‍थापनमा समस्या आएको उपत्यकाका कोभिड अस्पतालका अधिकारीहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘अस्पतालमा संक्रमित व्यवस्थापन गर्न नसक्दा हैरान भएका छौं ।’

    हुनत सरकारले लक्षण नदेखिएकाहरुलाई अस्पतालमा राखेर उपचार नगर्ने बताइसकेको छ । तर लक्षण देखिएका संक्रमितकै पनि उपचार सहज छैन । टेकु अस्पतालमा ८ वटा भेण्टिलेटर, २० वटा आईसीयू र ३० वटा आइसोलेसन बेड छ । ती बेडहरु विगत ३ महिनादेखि खाली नभएको डा. राजभण्डारी बताउँछन् ।

    ‘हरेक दिन बेडको लागि फोन आउँछ तर राख्ने ठाउँ छैन’, उनी भन्छन्, ‘पहिले उपत्यकामा दैनिक २ सय भेटिँदा पनि त्यही समस्या थियो अहिले ५ सय नाघ्दा पनि त्यही नै समस्या छ ।’

    डा. राजभण्डारीका अनुसार टेकु अस्पतालमा लक्षण भएका र सिकिस्त संक्रमितलाई मात्र भर्ना गरिएको छ । लक्षण भएका संक्रमितलाई २ सातासम्म अनिवार्य आइसोलेसनमा राख्नुपर्छ । उनी भन्छन्, ‘संक्रमित बढेकाले पूर्वाधार थपे पनि समस्या ज्यूका त्यूँ छ ।’

    उपत्यकाको अर्को कोभिड अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या पनि टेकु अस्पतालको भन्दा फरक छैन । पाटन अस्पतालको कोभिड फोकल पर्सन डा. बिमल पाण्डे भन्छन्, ‘संक्रमितहरुलाई राख्ने ठाउँ छैन भन्दा पनि अस्पताल आएर जे गरेपनि गर्नुस् भन्छन् ।’ यस्ता संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर अन्यत्र उपचारका लागि पठाउने गरेको उनले बताए ।

    डा. पाण्डेका अनुसार पाटन अस्पतालमा आफ्नो क्षमताअनुसार १ सय २५ जना संक्रमितको उपचार भइरहेको छ । पाण्डे भन्छन्, ‘हामीलाई बेडको लागि फोन थामिनसक्नु आएको छ ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमितको उपचार क्षमता ९२ जना हो । हाल यहाँ १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा समेत गरी ९७ जना उपचाररत छन् ।

    अन्य ठाउँमा व्यवस्थापन गर्न नसकेकाले ५ जना संक्रमितलाई वेटिङ बेडमा राखिएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् । भन्छन्, ‘संक्रमितको लागि बेड नभएपछि हामी मन्त्रालयसँग समन्वय गर्छौ उहाँहरुले नै म्यानेज गर्नुहुन्छ ।’

    कोरोना संक्रमितको उपचारका लागि तोकिएको सरकारी अस्पतालमा बेड नभएपछि निजीमा उपचार गराउन जानेहरु पनि धेरै छन् । कोरोना संक्रमितको उपचार गराइरहेको एक निजी अस्पतालका कोभिड संयोजक भन्छन्, ‘सबै निजी र सरकारी अस्पतालमा बेड नभएपछि हाम्रोमा फोन आउँछ, हामीले अहिलेसम्म जसोतसो धानिरहेका छौं ।’

    स्वास्थ्य मन्त्रालयको असोज १ गतेको तथ्यांक अनुसार उपत्यकाका १९ अस्पतालमा १७ सय २९ जना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये १६ सय १५ जना आइसोलेसनमा, ८६ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अस्पतालमा राखेर उपचार गर्नुपर्ने संक्रमितको कहिँ न कहिँ व्यवस्थापन गरिएको बताउँछन् । ‘आइसोलेसन सेन्टरहरु धमाधम थपिदै छ, छुट्टै कोभिड अस्पतालको लागि पनि मन्त्रालयले पहल गर्दैछ, हामी अस्पताल भर्ना गर्नुपर्ने संक्रमितलाई बिचल्ली पार्दैनौं ।’

    ६ अस्पताल ५० शय्यामा स्तरोन्‍नती गर्ने सरकारको निर्णय

    प्रदेश ५ सरकारले ६ जिल्लाका अस्पताललाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो । निर्णय भएका अधिकांश अस्पताल अहिले १५ बेडका छन् ।

    बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।

    त्यस्तै प्रदेश सरकारले शव बाहन खरिदका ६ स्थानीय तहलाई ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोभिड–१९ नियन्त्रण तथा उपचार कोषबाट प्रतिपालिका १५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको हो । एम्बुलेन्सका लागि रकम पाउने सूचीमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका छन् ।

    यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश मामिला सूचना केन्द्र र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

    बैठकले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद्, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने, पश्चिम नवलपरासीको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्नेसम्बन्धी सम्बन्धित गाउँपालिकाको प्रस्ताव पनि नेपाल सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।

    यस्तै प्राकृतिक प्रकोप बाढी, पहिरो र चट्याङका कारण मुलुकका ४९ जिल्लाका ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मान्छे बेपत्ता भएका छन् ।

    गृहमन्त्रालयले संसदीय समितिलाई दिएको जानकारी अनुसार २०७७ वैशाखयता प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति भएको हो । गृहमन्त्री रामबहादुर थापाले संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा बाढीका कारण भने विगतका वर्षभन्दा कम क्षति भएको बताए ।

    राज्यव्यवस्था समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे जानकारी दिँदै भने, ‘यसवर्ष पहिरोबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ । ६२ जना पहिरोमा परेर बेपत्ता भएका छन् भने घाइते २०६ जना रहेका छन् । बाढीबाट विगत वर्षको तुलनामा कम जनधनको क्षति भएको छ । बाढीबाट मुलुकभर ३९ जनाको मृत्यु भएको छ भने ३६ बेपत्ता र घाइते १२ जना घाइते छन् । चट्याङबाट ६४ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २ सय ३ जना रहेको छ ।’

    बाढी र पहरोमा परेर बेपत्ता भएकाको शव नभेटिएको भए पनि उनीहरूको मृत्यु भइसकेको हुनसक्ने गृहमन्त्री थापाको भनाइ थियो । मनसुनका कारण उत्पन्न भएका प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लाको संख्या ४९ रहेको उनले जानकारी दिए ।

    ‘प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको संख्या ४ सय ८२ रहेको छ,’ मन्त्री थापाले भने, ‘विपद् जोखिम व्यवस्थापन कोषबाट निकासा गराएर ५ करोड ६९ लाख राहत रकम तत्काल उपलब्ध राइएको छ ।’

    क्षति भएका घरहरूको निर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरिएको बताइएको छ । उक्त टोलीले अहिले अध्ययन गरिरहेको र प्रतिवेदन तयार पारिसकेपछि पुनर्निर्माणका काम सुरु गरिने मन्त्रालयले जानकारी दिएको छ । भूकम्पमा परेर पूर्ण रूपमा क्षति भएका घरको पुनर्निर्माण मापदण्डअनुसार नै प्राकृतिक प्रकोपबाट क्षति भएका घरको पुनर्निर्माण गरिने गृहमन्त्रालयको तयारी रहेको छ ।

    ‘सरकारले दुई नीति लिएको छ । पहिलो, जोखिममा रहेका बस्तीहरूलाई स्नानान्तरण गर्ने । दोस्रो, पीडितहरूको इच्छाअनुसार उनीहरूले सुरक्षित स्थानमा आवास निर्माण गर्ने,’ गृहमन्त्रीले भने, ‘यी दुई नीतिअनुसार प्राकृतिक प्रकोपमा भएको क्षतिको पुनर्निर्माणका कामलाई अगाडि बढाएका छौँ ।’

    प्राकृतिक प्रकोपमा क्षति भएको घरको सट्टामा अर्को निर्माण गर्नका लागि सरकारले प्रत्येक परिवारलाई ३ लाख रुपैयाँ दिने सरकारले जनाएको छ । जग्गा नभएको परिवारलाई जग्गा उपलब्ध गराउने र उक्त जग्गा पीडितले चाहेन भने त्यसको सट्टामा २ लाख रुपैयाँ दिने नीति भएको गृह मन्त्रालयले जनाएको छ ।

    यसवर्षको मनसुनमा पहिरोको पूर्वानुमान नगरिएको ठाउँमा पनि ठूलो पहिरो गएको गृहमन्त्रीको भनाइ थियो । सिन्धुपाल्चोक, बाग्लुङ लगायतका जिल्लामा अनुमानै नगरिएका ठाउँमा ठूलो पहिरो गएर जनधनको क्षति भएको उनले बताए ।

    सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक त्यसपछि बाग्लुङ र कालिकोट जिल्ला रहेका गृह मन्त्रालयको तथ्यांकमा छ । विपद् व्यवस्थापन जोखिम न्यूनिकरण विभागले गतवर्षभन्दा बढी वर्षा भएका कारण पहिरो र बाढी गएको जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ