• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update

    कोरोना महामारीलाई लिएर नेपालमा भयो अहिलेसम्मकै डरलाग्दो पुष्टि, देशैभर तरंग

    429
    SHARES

    काठमाडौँ । चीनको वुहानबाट विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाइ लिएर नेपाल अहिलेसम्मकै डरलाग्दो पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै बढी हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

    यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ थियो । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

    त्यस्तै सुक्रवार थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ थियो ।

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

    यसअघि विहीबार (हिजो) कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

    त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।

    यस्तै काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबारमात्रै ८ सय ७१ जना निको भई घर फर्किसकेका छन् भने थप ७ जनाले ज्यान गुमाएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ