• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    सुशान्त मृत्यु प्रकरण नयाँ मोडमा, फार्म हाउसमा यस्तो नोट भेटिएपछि भारतभर हङ्गामा, केछ नोटमा

    0.9K
    SHARES

    मुम्बई । गत जुन १४ मा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झु’ण्डि’एर आ’त्म’ह’त्या गरे । उनको आ’त्म’ह’त्या’ले बलिउडमा तरंग ल्याएको छ ।

    बलिउडमा नेपोटिज्म (नातावाद), ड्र’ग्सको कारोबार र गुप्रिजमबारे बहस भइरहेको छ । सीबीआई (केन्द्रीय जाँच ब्यूरो) ले सुशान्तकी प्रेमिकासहित अन्य केहीलाई आरोपी मान्दै अनुसन्धान गरिरहेको छ । सुशान्तको केशमा एकपछि अर्को ट्वीस्ट आइरहेको छ । प्रहरीले सुशान्तको आ’त्म’ह’त्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

    यतिबेला भने दिवंगत सुशान्तले लेखेको एक नोट शेयर भएको छ । जसका अनुसार सुशान्त परिवारका साथ समय बिताउन चाहने लेखिएको छ । अप्रिल २०१८ को उक्त नोट एक फार्म हाउसमा भेटिएको जनाइएको छ ।

    सुशान्तले कृति सेननसँग समय बिताउन चाहेको र चुरोट छोड्न चाहेको उक्त नोटमा लेखेका छन् । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार उक्त नोटमा सुशान्तले आफ्नो दैनिकीका बारेमा पनि लेखेका छन् ।

    नोटमा उनले केदारनाथ फिल्मको स्किृप्ट पढ्न चाहेको कुरा पनि लेखेका छन् । सुशान्तले उक्त नोटमा फिजिक्स, आफ्नो सपना र खुशीका बारेमा लेखेका छन् । सुशान्त र कृति राम्रा साथी थिए । एक समय यस्तो पनि थियो, यी दुईले डेटिङ गरेको पनि सुन्ने गरिन्थ्यो ।

    सुशान्त र रियाको प्रेममा जोडिएको ड्र’ग्स
    नायक सुशान्त सिंह राजपुतको निधनपश्चात जारी अनुसन्धानको सुरुवातमा ‘नेपोटिज्म’को बहस गर्मियो । प्रहरीले पनि यसलाई ‘परिवारवाद’सँग जोडेर अनुसन्धान गरिरहेको थियो । बलिउडका थुप्रै हस्तीहरुसँग प्रहरीले बयान लियो । तर, सुशान्तको निधन भएको डेढ महिनापछि यो मुद्दा उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ सोझियो । रियालाई केन्द्रमा राखेर अनुसन्धान सुरु भएपछि सुशान्तको निधनमा ड्रग्सको कनेक्शन खुलासा भयो ।

    सुशान्तको निधनलाई अहिले रियासँगै ड्रग्ससँग जोडेर अनुसन्धान भैरहेको छ । एनसीबीसँग निरन्तर ३ दिनको बयानमा नायिका चक्रवर्तीले ड्रग्स कनेक्शनको खुलासा गरेकी छिन् । एनसीबीले रियालाई मंगलबार गिरफ्तार गरेको छ । अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न एनसीबीलाई अनुमती पनि दिएको छ ।

    रियाले आफ्नो बयानमा सुशान्तका लागि ड्रग्स उपलब्ध गराउने गरेको खुलासा गरेकी छिन् । लकडाउन भएपछि आफ्ना भाई शोविकसँग सुशान्तले ड्रग्स मगाउने गरेको बयान उनले एनसीबीसँग दिएकी छिन् । सुशान्त सिंह राजपुतका लागि रियाले ड्रग्स ल्याउने गरेकी थिइन् । उनले, ड्रग्सका लागि तिर्नुपर्ने पैसाको व्यवस्थापनि आफै गर्ने गरेकी थिइन् ।

    यतिमात्र होइन, उनले आफ्नो बयानका क्रममा २५ जना बलिउडकर्मीको नाम पनि लिएकी छिन्, जो ड्रग्सको लतमा फसेका थिए । रियाको यो बयानसँग बलिउडका ठूला नाम पनि ड्रग्सको मामलामा छानविनको दायरामा आउने देखिएको छ । रियाले आफ्नो बयानमा उनका भाई शोविक र मुम्बइका चार पेडलर्सले बलिउडमा ड्रग्सको कारोबार गर्ने गरेको खुलाएकी छिन् । अब, एनसीबीले बलिउडकर्मीमाथि पनि छानविन गर्ने तयारी गरेको छ ।

    एनसीबीका अनुसार रिया र शोहिक ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य थिए । रियाले आफ्नो बयानमा सुशान्त, आफू र आफ्ना भाई बसेर कहिलेकाही ड्रग्स लिने गरेको पनि खुलाएकी छिन् । यसैले, सुशान्तको निधन भएको ८४ दिनपछि नयाँ तथ्य बाहिर आएको छ, जसले अब रियालाई मात्र होइन दुई दर्जन बलिउडकर्मीलाई पनि छानबिनको दायरामा ल्याउने देखिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ