• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्न ओली-प्रचण्ड र देउवा छलफलमा जुट्दै

    430
    SHARES

    काठमाडौँ । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य बिपक्षी दल कांग्रेस सभापति शेर बहादुर देउवा आज छलफलमा बस्दैछन् ।

    प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल हुन लागेको हो।

    तर, अहिलेसम्म छलफलको समय तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । लामो समयदेखि संवैधानिक आयोगका पदाधिकारी रिक्त भएपछि संवैधानिक परिषद्को बैठक बस्नअघि आज देउवासहित बैठक बसेर रिक्त पदमा क-कसलाई नियुक्ति गर्ने भन्ने समझदारीको प्रयास हुन लागेको हो ।

    १३ संवैधानिक निकायमध्ये ११ वटामा ४८ पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५/५ जना पदाधिकारीहरु नियुक्त हुन बाँकी छ ।

    संवैधानिक परिषदको बैठक नबस्दा भाषा आयोगमा ६ पदाधिकारी , मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४/४ जना पदाधिकारी पनि नियुक्त हुन सकेका छैनन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित ३ जना र निर्वाचन आयोगका दुई आयुक्त नियुक्त हुन बाँकी छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।

    सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ। गत वर्ष सरकारले संविधान दिवस(असोज ३)का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।

    सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाकी रहेका एजेण्डाबारे छलफल गर्न आवश्यक भएमा बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया