• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रिय स्तरको सामाजिक सञ्जालमुखी रियालिटि सो ‘आवाजको खुल्ला मञ्च’ आयोजना हुँदै

    158
    SHARES

    काठमाडौँ । अबको परिवर्तनको हतियार, युवा आवाज भन्ने मुल नाराका साथ “पावर योर भोइस” आवाजको खुल्ला मञ्च भन्ने राष्ट्रिय स्तरको सामाजिक सञ्जाल मुखी रियालिटि सो आयोजना हुने भएको छ।

    कमन ग्राउन्ड फर युथ आन्टरप्रेनरसिप नेपालले आयोजना गर्न लागेको सो कार्यक्रमा युनिभर्सल थर्ट कन्सल्ट र लिडयुथ सहयोगी संस्थाको भुमिकामा रहेका छन्। कार्यक्रमको मुख्य उदेश्य नेपाल भर रहेका जोसिला युवाहरूलाइ एउटै छाता मुनि ल्याएर बौद्धिक सोचहरू वीचको तर्क बितर्क गराइ सामाजिक रूपान्तरणका लागि युवा ससक्तिकरण गर्नु रहेको कमन ग्राउन्ड फर युथ आन्टरप्रेनरसिप नेपालका अध्यक्ष राजेस पुडासैनिले जानकारी दिए ।

    शिक्षा क्षेत्रका उदाउदा नक्षेत्र तथा सामाजिक अभियान्ता पुडासैनिले सो कार्यक्रमले नेपालभर रहेका युवा आवाजलाई समेट्दै परिवर्तनको अभियानमा नयाँ आयाम थप्नका निमित्त युवाहरूलाइ रचनात्मक कार्यक्रम, तथा सामजिक क्रियाकलापहरूमा अगाडि बढाउने प्रतिवद्दता जनाएका छन् ।

    र्कार्यक्रमको पहिलो चरण, “मेरो अभिव्यक्ति ” राउण्ड संस्थाका अध्यक्ष राजेस पुडासैनिको जन्म दिनको उपलक्ष्यमा असोज ७ गतेबाट हुने भएको छ। कार्यक्रममा मेरो अभिव्यक्ति ,तर्क वितर्क, शब्दको कुरूक्षेत्र जस्ता राउण्डहरूबाट अन्तिम चार प्रतिष्पर्धी छनोट गरि गर्याण्ड फिनाले भव्यताका साथ हुनेछ । कार्यक्रम अबधिभर सामाजिक, शैक्षिक, कलाकारिता तथा राजिनिक क्षेत्रमा लागेका विभिन्न तह तप्कामा रहेका चिरपरिचित व्यक्तिहरूलाई बोलाइने जनाइएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ