• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार नाघ्यो

    203
    SHARES

    काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।

    यस्तै नेपालमा बुधबार कोरोना भाइरसको कोभिड-१९ को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या कुल  संख्या ३७९ पुगेको छ ।

    एक सातामा कति जनाले ज्यान गुमाए ?
    यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

    मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।
    मन्त्रालयका अनुसार यसअघि गत बुधबार तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ